Shikhar Insurance

मेची बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई सहुलियतमा घर वितरण, लागत २५ करोड रूपैयाँ

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १५:४५
NIMB
Nabil Bank

गौरादह । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ ।

सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो । संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका सदस्यलाई एकै ठाउँमा घर बनाएर हस्तान्तरण गर्न लागिएको बताए । दमक–४ मा रहेको एक बिघा १८ कट्ठा जग्गामा ५७ आवास निर्माण गरी हस्तान्तरणको तयारी गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालले मेची आवासमा सदस्यका लागि घर निर्माण अन्तिम चरणमा पुगेको बताए । त्यहाँ बस्नका लागि मेची सहकारीकै सदस्य बन्नुपर्नेछ । कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा घर बनिरहेका छन् । ४३ लाखदेखि अधिकतम ५१ लाख सम्मका घर छन् ।

संस्थाका सूचना अधिकारी चन्द्र थापाका अनुसार सहकारीमार्फत घर निर्माण गरी एकै ठाउँमा सदस्यलाई राख्न लागिएको हो । यो परियोजना कूल २५ करोड खर्च गरिहेको छ ।

संस्थाका अध्यक्ष भट्टराईले सामूहिक रुपमा निर्माण गरिएको आवासमा खुला ठाउँ, बाल उद्यान सहितका सुविधा सदस्यहरुले पाउने जानकारी दिए। उनका अनुसार प्रत्येक घर एक हजार ७५ वर्ग मिटरका रहनेछन् । सबै घर एकै प्रकृतिबाट निर्माण गरिएको छ । संस्थाका अनुसार ५६ वटा घर बिक्री भइसकेका छन् भने एउटा घर कार्यालय प्रयोजनका लागि राखिएको छ । सहकारीमा १४ हजार एक सय ३२ सदस्य रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्