Shikhar Insurance

परम्परागत नेपाली खाना प्रवर्द्धन गराउनुपर्नेमा जोड

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । परम्परागत नेपाली खानालाई देश तथा विदेशमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । भिक्स मिडिया एण्ड टेक्नोलोजी प्रालिले आज लाजिम्पाटस्थित हिमालय होटलमा आयोजना गरेको ‘द भ्वाइस अफ सेफ्स’ कार्यक्रमका वक्ताले परम्परागत खानालाई देश तथा विदेशमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

विविसी मास्टर सेफ्स सन्तोष शाहले नेपाली खानालाई विश्वमाझ फैलाउन नेपाली सेफ्सकै महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । नेपाली खानालाई देशका सातै प्रदेश र विदेशमा प्रवर्द्धन गर्नुपर्छ, उनले भन्नुभयो । सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष श्यामबहादुर लामाले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सानादेखि तारे होटलसम्म नेपाली खानाको मेनु’राख्नुपर्ने सुझाव दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको आन्तरिक हवाई उडानमासमेत नेपाली खानालाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो । ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले रैथाने खाना प्रवर्द्धनमा होटल व्यवसायी र सेफ्सको महत्वपूर्ण भूमिका हुने बताए ।

त्यस्तै, वरिष्ठ सेफ्स दोर्जे शेर्पाले नेपाली परम्परागत एवं मौलिक खानामार्फत पर्यटन प्रवर्द्धन गर्न नेपाली सेफहरुले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्