Shikhar Insurance

नेपाल दुरसञ्चार कम्पनीद्वरा ४० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीले टेलिकम सेयरधनीलाई दिन लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस ६ गते बुधबार बसेको सञ्चालक समितीको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति दिनका लागि पुस २८ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १८ अर्बको कर समेत ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले गत वर्षकै अनुपातमा लाभांश वितरण गर्न लागेको हो । कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ। गत वर्ष कम्पनीले कुल ४० प्रतिशत लाभांश वितरण गर्दा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ ।

कम्पनीले १५औं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्