Shikhar Insurance

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १२:३७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् ।

बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए ।

‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्