Shikhar Insurance

बजारमा खाद्यान्नको मूल्यवृद्धि भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा उपभोक्ताको भीड

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १६:३५
NIMB
Nabil Bank

मान्म । कालीकोटमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न किन्ने उपभोक्ताको वृद्धि हुँदै गएको छ । पछिल्लो समय बजारमा खाद्यान्नको मूल्यवृद्धि भएपछि कम्पनीको खाद्यान्न किन्ने उपभोक्ताको भीड लागेको हो । बजारमा २ हजार ३ सय पर्ने चामल कम्पनीले १ हजार ७ सय ५० रुपैयाँमा बिक्रीवितरण गर्दै आएको छ ।

कम्पनीको एक बोरा चामलमा ६ सयभन्दा सस्तो पर्ने भएकाले आफू सधैँ कम्पनीमा नै खाद्यान्न किन्ने गरेको खाँडाचक्र नगरपालिका–१ का नरबहादुर विकले बताए । बजारमा खाद्यान्नको मूल्य छोइसक्नु छैन । दिनदिन बजार मूल्य बढेका कारणले म खाद्य डिपोमा खाद्यान्न ल्याउँछु, उनले भने, बजारमा पाइने खाद्यान्नभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धेरै मूल्य कम छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा खाद्यान्नको मूल्य वृद्धि हुँदै जाँदा कम्पनीले चामलबाहेकका अन्य खाद्यान्न पनि बिक्री वितरण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

कम्पनीले अन्य ठाउँमा चामल, दाल र गहुँ बेच्ने गरेकोले यहाँ पनि चामल, दाल र गहुँ खरिद गरेर बिक्री गर्नुपर्ने खाँडाचक्र नगरपालिका–३ का जसीप्रसाद पाण्डेले बताए ।

डिपोमा चामलको माग बढिरहेको कम्पनी प्रमुख कमल पाण्डेले जानकारी दिए । “यहाँ खाद्यान्न झर्नेबित्तिकै खरिद गर्ने उपभोक्ताको लाइन लाग्ने गरेको छ, उनले भने, “विगतको भन्दा अहिले खाद्यान्न खरिद गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको छ ।”

जिल्लामा चालु आर्थिक वर्षका लागि मान्म शाखा कार्यालयमा ४ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएमा हालसम्म १ हजार ६ सय ७० क्विन्टल चामल पुगेको र २ हजार ८ सय ३० क्विन्टल आउन बाँकी रहेको कार्यालयका प्रमुख पाण्डेले जानकारी दिए ।

जिल्लाका अन्य पाँच डिपो रहेको ती डिपोहरूमा एक–एक हजार क्विन्टल खाद्यान्न कोटा तोकिएको जनाइएको छ ।

कम्पनीका अनुसार पलाँता गाउँपालिकाको थिर्पु, धौलागोह, महावै गाउँपालिकाको पादमघाट र तिलागुफा नगरपालिकाको खल्लामा तोकिएको एक–एक हजार क्विन्टल खाद्यान्न बिक्री भइसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्