Shikhar Insurance

सानिमा बैंक र वर्ल्डबीच रेमिटेन्स सम्झौता, युरोपबाट पैसा पठाउन सकिने

सिंहदरबार संवाददाता
२०७९ पुष ७, बिहीबार १८:१०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्मल वर्ल्डबिच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई संचालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछ । युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्र्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ ।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा मार्फत युरोपबाट पठाएको रकम नेपालभरि १६,००० भन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत नगदमै भुक्तानी लिन सकिनेछ । साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सानिमा बैंकको रेमिट्यान्स मार्फत यूएई, मलेशिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिदै आइरहेको छ । साथै, सानिमा बंैकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालयहरु र १२३ एटिएम् सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्