Shikhar Insurance

बैंकर्स संघको कार्यवाहक अध्यक्ष बने एनएमबिका सिईओ केसी

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुनिल केसीले प्राप्त गरेका छन् । उपाध्यक्षको जिम्मेवारीमा रहेका केसीलाई संघको शुक्रबार बिहान बसेको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

संघको अध्यक्षको जिम्मेवारीमा रहेका अनिल उपाध्यायले कृषि विकास बैंक छाडेपछि उपाध्यक्ष केसीले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । बैंकर्स संघको पद बाणिज्य बैंकको सिईओ वाहल रहेको अवस्थामा मात्रै कायम रहन्छ । कृषि विकास बैंकको सिईओ छाडेपछि अनिल उपाध्यायले संघको नेतृत्व पनि छाडेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संघको बैठकले संघको कार्य समितिमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग मनोनयन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्