Shikhar Insurance

सिवाईसी लघुवित्तद्वरा लगानीकर्ताहरुलाई ३१.५८ प्रतिशत लाभांश वितरण

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ३१.५८ प्रतिशत गर्ने लाभांश घोषणा गरेका हो ।

लघुवित्तको बिहीबार बसेका सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निण्य गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले हाल कायम चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशत अर्थात ३ करोड ६४ लाख ९२ हजार ५५१ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि समेत १.५८ प्रतिशत अर्थात १९ लाख २० हजार ६६० रुपैयाँ नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।

लघुवित्तको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामि साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्