Shikhar Insurance

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १२:३३
NIMB
Nabil Bank

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले लाभांश प्रस्ताव पारित गर्नका लागि पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनमफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल ७.६० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सको पुस ७ गते बिहीबार बसेको सञ्चालक समितिको ३२६औं बैठकले पुस २९ गते २८औं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा हाल कायम चुक्ता पुँजी ९५ करोड ८६ लाख ७५ हजार रुपैयाँको २.४० प्रतिशत अर्थात २ करोड ३० लाख ८ हजार २०० रुपैयाँ बोनस सेयर र ५.२० प्रतिशत अर्थात ४ करोड ९८ लाख ५१ हजार १०० रुपैयाँ नगद गरी कुल ७.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साथै, सभाले संस्थापकतर्फको विद्यामान सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्र संशोधन गर्नेछ । साधारण सभा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा हुने भएको छ ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि पुस १९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

लाभांश वितरण पश्चात फाइनान्सको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँ पुग्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्