Shikhar Insurance

सिद्धार्थ इन्स्योरेन्सको लाभांश परिवर्तन, बिमा प्राधिकरणको निर्देशनपछि अब बोनस सेयर दिने

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १३:५२
NIMB
Nabil Bank

काठमाडौं  । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश परिवर्तन भएको छ । कम्पनीले लगानीकर्ताहरुका लागि वितरण गर्न कुल ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १२ करोड २० लाख २१ हजार रुपैयाँ बराबरको करसहितको लाभांश बाँड्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि कम्पनीको कात्र्तिक २९ गते बसेको सञ्चालक समितिको १९४औं बैठकले चुक्ता पुँजीको ९.४७३७ प्रतिशतका दरले नगद लाभांश मात्र प्रस्ताव गरेको थियो । नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनका लागि मात्र नगद लाभांश वितरण गर्न भन्ने शर्त गरेपछि कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि मात्र ०.४७३७ प्रतिशत नगद लाभांश गरि लाभांशको दर परिवर्तन गरेको हो ।

कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको १९५ओैं बैठकले सो दरमा लाभांश दिने निर्णय गरेको हो ।

अब नियामक बिमा समिति र आगामी साधारण सभाबाट अनुमोदन भएपछि उक्त लाभांश लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्