Shikhar Insurance

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १६:५८
NIMB
Nabil Bank

सिन्धुली । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र प्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ ।

चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले जानकारी दिए । उनले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने बताए ।

ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ ।

“हातमा सीप हुनेहरुलाई उद्यमशिलताका ५ लाखदेखि २५ लाखसम्म विउ पुँजी दिइनेछ, उनले भने, युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पुँजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ, उनले भने ।

उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’नाराका साथ सुरु भएको महोत्सव पुस १८ सम्म सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटनमा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल, श्याम घिमिरे, प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्