Shikhar Insurance

पुलकित मुद्रामा नवनियुक्त अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण ( फाेटाे फिचर)

सिंहदरबार संवाददाता
२०७९ पुष ११, सोमबार १८:०७
NIMB
Nabil Bank

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । पुस ११ गते सोमबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले अर्थमन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।

मन्त्री पौडेललाई  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेका थिए। पदभार ग्रहणअघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका छन्। नेकपाका उपाध्यक्ष समेत रहेका पौडेल अर्थमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि कोरोनाकाल, भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेलामा अर्थतन्त्रको बागडोर सम्हालेका थिए । अहिलेपनि अर्थतन्त्रमा तरलता संकट, घट्दो विदेशी विनिमय सञ्चिति लगायत संकटउन्मुख अर्थतन्त्रमा अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।

अर्थमन्त्री पौडेल मन्त्रालय प्रवेश तथा पदभार ग्रहणका समयमा अत्यन्तै पुलकित मुद्रामा देखिएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्