Shikhar Insurance

चालु पुँजी कर्जामा राष्ट्र बैंक ‘ब्याक’, पुराना ऋणीलाई नयाँ नियम लागू नहुने

यस्तो छ संशोधित व्यवस्था
सिंहदरबार संवाददाता
२०७९ पुष २०, बुधबार १५:४४
NIMB
Nabil Bank

काठमाडौं । गत कात्तिक महिनादेखि लागू गरिएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग मार्गदर्शनमा राष्ट्र बैंक ‘ब्याक’ भएको छ । सो मार्गदर्शन लागू हुन अवागैका पुराना ऋणीको हकमा राष्ट्र बैंक ‘ब्याक’ भएको हो ।

मार्ग निर्देशन जारी हुन अघि तोकिएको सीमाभन्दा बढी कर्जा लिने ऋणीलाई राष्ट्र बैंकले २ वर्षको समय थप गरिदिएको छ । जसमा सीमाभन्दा बढी कर्जालाई आवधिक कर्जालाई आवधिक कर्जा मानेर ५ किस्तामा भुक्तानी गर्नु पर्ने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मार्ग दर्शन लागू हुनुभन्दा पहिले कर्जा लिएका पुनरतालिकीकरण र पुनसंरचना गरिएको मानिने छैन । सीमा भन्दा अधिक कर्जा लिने ऋणीले भुक्तानी २०८० असार मसान्तदेखि शुरु भएर २०८१ असार/ पुस र २०८२ असार/ पुस मसान्तमा भुक्तानी गर्नुपर्ने छ ।

सीमाभन्दा माथिको कर्जालाई २०८० असारमा १० प्रतिशत, ०८० पुस मसान्तमा २० प्रतिशत, ०८१ असार मसान्तमा २० प्रतिशत, ०८१ पुस मसान्तमा २० प्रतिशत र २०८२ असार मसान्तमा ३० प्रतिशत गरी सीमाभन्दा बढी भएको कर्जा भुक्तानी गरिसक्नु पर्नेछ ।

सीमा माथि रहेका चालु पुँजी कर्जामा थप प्रोभिजन गर्नु नपर्ने र तोकिएको समयभन्दा अगावै भुक्तान गर्नु चाहेमा ऋणीलाई प्रिपेमेन्ट नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार चालु पुँजी कर्जा सीमा ५० लाख रुपैयाँबाट १ करोड रुपैयाँ निर्धारण गरिएको छ । साथै, २ करोड रुपैयाँभन्दा बढीको चालु पुँजी कर्जामा भने आवश्यकता विश्लेषण हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले कम्तीमा ३ महिनामा एकपटक चालू सम्पत्ति र चालू दायित्वको अनिवार्य निरीक्षण गरी सोको प्रतिवेदन कर्जा फाइलमा अद्यावधिक गरी राख्नुपर्दछ । यस्तो निरीक्षण वर्षको एक पटक आकस्मिक रुपमा गर्नुपर्दछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा ३ महिनामा एकपटक चालू सम्पत्ति र चालू दायित्वको अनिवार्य निरीक्षण गरी सोको प्रतिवेदन कर्जा फाइलमा अद्यावधिक गरी राख्नुपर्दछ । यस्तो निरीक्षण वर्षको एक पटक आकस्मिक रुपमा गर्नुपर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्