Shikhar Insurance

पहुँच विस्तारका अरु विकल्प पनि छन्, अध्ययन गरेर मात्रै नयाँ ब्रोकरलाई लाइसेन्स दिनुपर्छ

धर्म राज सापकोटा
२०७९ पुष २८, बिहीबार १४:०८
NIMB
Nabil Bank

स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा साथिहरुको सदभावले निर्वाचित भएको छु । हामीले पुँजी बजारको दिगो विकास र स्थायीत्वका लागि काम गर्ने हो । धितोपत्र बोर्ड र नेप्सेले तोकेको दायराभित्र बसेर काम गर्ने हो । पुँजी बजारको दायरा विस्तारका लागि मेहनत गर्नुपर्नेछ । बजारको पहुँच विस्तारका अरु विकल्पहरु पनि छन् । ति विकल्पहरुको खोजी गर्नुपर्नेछ । खाली नयाँ ब्रोकरको लाइसेन्स दिएर मात्रै बजारको विस्तार हुँदैन् । विस्तृत अध्ययन गरेर मात्रै नयाँ लाइसेन्सबारे सोचिनुपर्छ भन्ने हाम्रो माग हो । अन्तराष्ट्रिय बजारको अध्ययन गरेर दायरा विस्तार र नयाँ प्रडक्टहरु भित्र्याउनुपर्छ । पोर्टफोलियो मेनेजमेन्ट र एडभाइजरी सर्भिसहरु हामीले मागिरहेका थियौं । दायार भन्दा पनि पहिलो पुँजी वृद्धिको नयाँ व्यवस्थाले केहि दुविधा भने पक्कै बढेकै छ । कस्तो सेवा दिन कति पुँजी चाहिने हो भन्नेबारे अध्ययन नै नगरि ब्रोकरका लागि नयाँ पुँजीको संरचना तोकिएको छ । तीन वर्षको समय दिने भनिएको छ तर कति लगानीका लागि कति प्रतिफल चाहिन्छ ? भन्नेबारे थप छलफल हुनुपर्छ ।

ब्रोकर कमिसन फेरी घटाउने ?
हामीले पुँजी बजारको थप विकास गर्ने भनेका छौं । प्रविधि मैत्री ब्रोकर सेवा बनाउने भनेका छौं । त्यसका लागि आइटीमा ठूलो लगानी गरिनुपर्छ । लगानी अनुसारको प्रतिफल पनि चाहियो । त्यसकारण ब्रोकर कमिसन घटाउने कुरा पेचिलो छ । अध्ययन बिनै कमिसन घटाउँदै जाने कुरा पक्कै ठिक नहोला । ब्रोकरहरुको लगानी बढ्दै जाने तर ब्रोकर कमिसन भने घट्दै जाने कुराले त ठिक ठाउँमा पक्कै पनि नपुगिएला । दिर्घकालमा कसरी अघि बढ्दा राम्रो होला भनेर अघि बढ्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बजार घटबढमा गाली किन ?
बजार बजारको घटबढमा ब्रोकरहरुको कुनै भूमिका हुन्न । हामीले लाइसेन्स लिएर सेवा दिईरहेका छौं, हामी कडा नियमनमा छौं । अहिले ब्रोकरहरुले सेयर किन्ने र बेच्ने काम मात्रै गरिरहेका छौं । हाम्रो कार्यक्षेत्र भनेकै सेयर किनबेचको राफसाफ मात्रै हो । यत्रो ठूलो बजार, यस्तो कडा नियमन छ भने ब्रोकरले कसरी बजार बढाउन वा घटाउन सक्छन् । यस्तो सोँचमा हामीले बुझाईको कमी वा ब्रोकर प्रतिको पूर्वाग्रह भनेर बुझ्छौं ।

नयाँ उपकरण के के ?
हामीले सेयर किनबेच बाहेक मार्जिन लेण्डिङ गर्छाै । एडभाइजरी सर्भिस दिन्छौं । पोर्टफोलियो मेनेजमेन्टको काम गर्छाै । हामी बजारमा नयाँ नयाँ टुल्सहरु आईदिउन भन्ने चाहान्छौं । त्यसका लागि मर्चेन्ट बैंकर, धितोपत्र बोर्ड, नेप्सेले थप सोच्नु आवश्यक देख्छु ।

सेबोनसँग सम्बन्धी बिग्रियो ?
हामीले धितोपत्र बोर्डबाटै लाइसेन्स लिएर सेवा दिइरहेका छौं । नियामकसँग सम्बन्ध बिगार्ने कुनै इच्छा छैन् । हामीले नियमनको दायराभित्रै बसेर सेवा दिईरहेका छौं ।

नयाँ स्टक एक्सचेञ्चबारे
हामीले नयाँ स्टक एक्सचेञ्जबारे केहि बोल्न मिल्दैन् । सरकारले अध्ययन गरेर ल्याएको होला भन्ने अनुमान हो । यो सरकारको आफ्नो निर्णयमा भर पर्छ । हामी ब्रोकर त्यसको पक्ष वा विपक्षमा छैनौं ।
नेप्सेको पुर्नसंरचनाबारे पनि हामीले केहि बोल्दैनौं । त्यसमा पनि सरकारले आवश्यक सोचेको होला । (स्टक ब्रोकर एसोसियसन अफ नेपालका नव निर्वाचित अध्यक्ष सापकोटासँग गरिएको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्