Shikhar Insurance

सिभिल बैंकको १२औं साधारण सम्पन्न, ५.२६% लाभांश र हिमालयन बैंकसँग मर्जर हुने प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०७९ पुष २९, शुक्रबार ११:०४
NIMB
Nabil Bank

काठमाडौं। सिभिल बैंकको १२‍औं वार्षिक साधारण सभाले सम्पन्न भएको छ । पुस २८ गते काठमाडौंमा सम्पन्न सो साधारण सभाले यस अघि नै घोषित ५.२६ प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि प्रति सेयर ०.२६५ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो। साथै, बैंकको साधारण सभाले हिमालयन बैंक प्राप्ति हुने प्रस्ताव समेत पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरिएको छ। सभाले चालु आवको लेखापरीक्षण गर्न एस राई एण्ड एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्