Shikhar Insurance

अर्थतन्त्र संकटमा छ, हामी डायलायसिस गर्दैछौंः अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार १५:३८
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले अर्थतन्त्रको डायलायसिस गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अर्थतन्त्र गम्भिर अवस्थामा पुगेकाले डायलायसिस गर्नुपर्ने बताएका हुन् ।

‘अर्थतन्त्र डायलसिस गर्नु पर्ने अवस्थामा छ । राजस्व परिचालन चिन्ताजनक अवस्थामा छ यसलाई कसरी सुधार गर्ने भन्नेछ । हामी सुक्ष्म रुपले अध्ययन गरेर काम गर्छाै’, मन्त्री पौडेलले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले राजश्व संकलनको अवस्था पनि नाजुक रहेको बताए । राजश्व संकलनलाई लक्ष्यमा पुर्याउन आफुले सम्वद्ध निकायलाई निर्देशन दिईसकेको पनि उनले स्पष्ट पारे । मन्त्री पौडेलले सरकारले आर्थिक मितव्ययिताको अभ्यास सुरु गरिसकेको दावी पनि गरे ।

सरकार र निजी क्षेत्र मिलेर मात्रै समृद्धिको यात्रा सहज हुने भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । ‘निजीक्षेत्रलाई सरकारले साझेदारको रूपमा लिनुपर्छ । समस्या पहिचान गरि समाधान गर्नु जरुरी छ । हामी हात मिलाएर अघि बढ्नेछौं’, मन्त्री पौडेलले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्