Shikhar Insurance

‘कर्मचारीहरुबाट राजश्व संकलन बढ्दैन्, ‘सिए’हरु करारमा लिएर काम गरौं’

सिंहदरबार संवाददाता
२०७९ माघ ४, बुधबार १६:००
NIMB
Nabil Bank

काठमाडौ । अर्थशास्त्री स्वर्णिम वाग्लेले अहिलेको कर्मचारीलाई तालिम दिएर राजस्व संकलन नबढ्ने दावी गरेका छन् । अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व बढाउने सोच बनाउनु भन्दा पनि चाटर्ड एकाउन्टेन्ट (सिए) हरुलाई ‘हायर’ गरेर काम गर्ने हो भने राजस्व बढाउन सक्ने बताए ।

सिएहरुलाई कहाँ–कहाँ राजस्व चुहावट भएको थाहा हुने भन्दै यसले राजस्व बढाउन सहयोग पुग्ने बताएका हुन् । नेपाल चेम्बर अफ कमर्शको कार्यक्रममा डा. वाग्लेले सिएहरुलाई हायर गरेर उनीहरुको क्षमता सदुपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । नेपाल चेम्बर अफ कमर्शले ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो जसमा डा वाग्लेले कर्मचारीलाई तालिम दिएर केही नहुने धारणा राखेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले विश्वभर नै आर्थिक अवस्था संकुचन तर्फ लागेकोले नेपालमा पनि त्यसको बाछिटा आउने बताए । नेपालमा पछिल्लो पटक रेमिटेन्स बढेकाले नेपालले डराई हाल्ने अवस्था नरहेको उनको भनाइ छ । बिप्रेषणमा त्यति चाडो परिवर्तन नआउने उनको दावी छ ।

सरकारले वैदेशिक अनुदान सोचेजति उठाउन नसकेको उनको आरोप छ । सरकारले ५५ वैदेशिक अनुदानको अनुमान गरेर ५ अर्ब मात्रै उठाउनु चिन्ता जनक भएको बताए । उनले राजस्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढेको जानकारी गराए । नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलब भत्ता दिदैँ सकिने गरेको बताए ।

५३२ रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लिन सामाजिक सुरक्षामा जोडिनेको संख्या पनि निकै रहेको भन्दै यसमा चासो दिने बेला भएको उनको धारणा छ । बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले चासो दिने बेला भएको उनले उल्लेख गरे । अब सरकारले राजस्व बढाउन चासो दिने र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्