Shikhar Insurance

सबै वस्तु आयातमा नगद मार्जिन हट्यो, एलसीबाट जति पनि, ड्राफ्ट/टिटि आयातमा सीमा

सिंहदरबार संवाददाता
२०७९ माघ ५, बिहीबार १७:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वस्तु आयातको नगद मार्जिन हटाएको छ । केन्द्रीय बैंक विदेशी विनिमय विभागले परिपत्र जारी गर्दै यस अघि लगाएको सबै वस्तुको नगद मार्जिन हटाएको हो ।
यस अघि राष्ट्र बैंकले १४ सय वटा वस्तु आयातका लागि शत प्रतिशत र ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । जसमध्ये राष्ट्र बैंकले मंसिर १७ गते निर्माण सम्बन्धी हर्मोनिक कोडका ६८ वटा वस्तु आयातमा भने नगद मार्जिन हटाइसकेको थियो । बाँकी वस्तु आयातमा भने माघ ५ गते परिपत्र जारी गर्दै सो व्यवस्था खारेज गरेको हो ।

गत आवको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले केही वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको  थियाे जसकाे कार्यन्वयन गर्दै विदेशी विनिमय विभागले ५ पुस २०७८ र २६ माघ २०७८ मा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडमा नगद मार्जिनकाे व्यवस्था गरेकाे हाे । अहिले विभागले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरी अब प्रतीतपत्र बिना नै वस्तु आयात गर्न सकिने व्यवस्था समेत गरेको छ । वस्तु आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिनुका साथै, प्रतीतपत्र खोलेरमात्रै आयात गर्नुपर्ने व्यवस्थालाई समेत सहजीकरण गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख रामु पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘यस अघि लगाइएका सबै वस्तुको आयातमा नगद मार्जिन हटाएको छ भने प्रतीतपत्रबाट मात्रै गर्नु पर्ने व्यवस्था पनि हट्यो,’ कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘अब आयातकर्ताले आफ्नो सहुलियत अनुसार एलसी, ड्राफ्ट/टीटी, डीडीमार्फत् वस्तु आयात गर्न पाउँछन् ।’

राष्ट्र बैंकले यसअघिसम्म एलसी खोल्दा लगाएको सीमा समेत हटाएको उनले जानकारी दिए ।
‘ड्राफ्ट/टीटी, डीडी सीमा तोकिएको छ, जुन पहिलेकै व्यवस्था हो तर अब एलसीको हकमा भने सीमा हटाइएको छ ।’–उनले भने ।

आयातकर्ता भातर बाहेक अन्य मुलकबाट ड्राफ्ट टीटीमार्फत् वस्तु आयात गर्दा ३५ हजार डलरसम्म र भारतबाट ३ करोड भारुसम्मको वस्तु आयात गर्न पाउँनेछन् भने डीएपी डीएमार्फत् भने ५० हजार डलरसम्म वस्तु आयात गर्न पाउने छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्