Shikhar Insurance

गभर्नरले बैंकरलाई भनेः संकटको घडीमा थप जिम्मेवार भएर अघि बढ्नुस

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकरहरुलाई संकटको घडीमा थप जिम्मेवारी भएर अघि बढ्न भनेका छन् । बाणिज्य बैंकका सिईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्य समितिसँग भेट्दै गभर्नर अधिकारीले विश्वव्यापी आर्थिक मन्दिको प्रभाव नेपालमा पनि देखिने र त्यस्तो अवस्थामा बैंकहरुले थप जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

‘विश्व अर्थतन्त्र बिभिन्न कारणले चुनौतीको सामना गरिरहेको छ, त्यसले वित्तिय क्षेत्रलाई पनि गाँजेको छ, नेपालको बैंकिङ क्षेत्रले यतिबेला थप जिम्मेवार भएर अघि बढ्नुपर्नेछ’, गभर्नर अधिकारीले भने ।
उनले बैंकिङ क्षेत्रका सल्लाल सुझाव सुनेर अघि बढ्न आफु सधैं तयार रहेको स्पष्ट पारेका थिए

Citizen Life
Kumar Bank
Nepal Life

भेटमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र वित्तिय स्थायीत्वका लागि प्रतिवद्ध रहेको बताएका थिए । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकले तोकेका नियमहरुको अधिनमा रहि आफुहरु अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । छलफलमा केसीले अनुसन्धान, वित्तीय साक्षरता, बैंकिङ क्षेत्रका जनशक्तीको क्षमता अभिवृद्धि, सञ्चार माध्यमसँगको घनिष्ट सम्बन्ध लगायतका विषयमा मिलेर काम गर्नुपर्ने बताएका थिए ।

कोरोना र रुस–युक्रेन युद्धले विश्व अर्थ व्यवस्थामा चुनौती निम्त्याएको र त्यसले नेपालमा पनि केहि प्रभाव पारेको गभर्नरले बताएका थिए । ब्याजदर, तरलता, प्राथमिकता प्राप्त क्षेत्रमा ऋण लगानी, बैंकहरुले कमाएको नाफा, व्यवसायीको आन्दोलन लगायतका विषयमा पनि गभर्नर र बैंकर बीच छलफल भएको थियो । पछिल्लो समयमा बैंकिङ क्षेत्रमाथि चौतर्फी आक्रमण भैरहेको प्रति दुबै पक्षले दुःख व्यक्त गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्