Shikhar Insurance

पिएसजी छाडेर रियल म्याड्रिड जाँदै नेयमार

सिंहदरबार संवाददाता
२०७९ माघ ६, शुक्रबार १५:०२
NIMB
Nabil Bank

काठमाडौं । ब्राजिलियन स्टार फुटबलर नेयमार जुनियर रियल म्याड्रिड जाने भएका छन् । हाल पिएसजीमा रहेका उनी यहि सिजन  म्याड्रिड जान लागेका हुन । प्रीमियर लिगका तीन क्लबले नेयमारलाई भित्र्याउन चाहेका छन् ।

म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड र चेल्सीले नेयमारलाई भित्र्याउन चाहेको बेलायती मिडियाहरुको दावी छ। नेयमार ला लिगा जान चाहेपनि क्याटलान क्लब बार्सिलोना नेयमारलाई भित्र्याउने इच्छा देखाएको छैन । पछिल्लो  समय कमजोर प्रदर्शन गरिरहेको रियल म्याड्रिड जान सक्ने सम्भावना रहेको एल नेसियोनलले जनाएको छ। नेयमारका पिताले पनि यसबारे केही संकेत दिएका छ्न । आफ्ना ब्राजिलियन टिममेट भिनिसियस जुनियरसँगै मिलेर नेयमारले म्याड्रिडमा कमाल देखाउन सक्ने बताइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्