Shikhar Insurance

अर्काे वर्ष बम्पर लाभांश दिने एनआईसी एशियाले ६ महिनामै कमायो ३ अर्ब २७ करोड नाफा, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७९ माघ ७, शनिबार ०९:२८
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एशियाको नाफा ८७ करोडले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा ८७ करोड रुपैयाँले बढाएर ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको हो । गत पुस मसान्तमा बैंकको त्यस्तो नाफा २ अर्ब ४० करोड रुपैयाँ थियो । यो अवधीमा बैंकले आफ्नो नाफा ३६.२५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

एनआईसी एशियाले पुस मसान्त अवधीमा ३ अर्ब ७५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार प्रति सेयर आम्दानी ५६.७७ रुपैयाँ पुगेको छ । ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १३ अर्ब १६ करोड रुपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस मसान्त अवधीमा ३ खर्ब ८ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ । त्यस्तो निक्षेप गत आवको सोही अवधीमा २ खर्ब ९२ अर्ब ७५ करोड रुपैयाँ थियो । बैंकले यो अवधीमा २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले खुद ब्याज आम्दानी ६ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकको सीडी रेसियो ८३.४४ प्रतिशत छ भने खराब कर्जा ०.६१ प्रतिशत छ । ४.३९ प्रतिशत स्प्रेड दर रहेको बैंकको आधार ब्याजदर भने ११.०२ प्रतिशत छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्