Shikhar Insurance

जापानः जीडीपीको २६६ प्रतिशत ऋणमा डुबेको राष्ट्र, ब्याजदर पनि अत्यन्तै कम

क्रिस्टिना जे.ओरगेज
२०७९ माघ ८, आईतवार १७:३६
NIMB
Nabil Bank

बीबीसी न्यूज वर्ड । गत बर्ष सेप्टेम्बरको अन्तिम दिनतिर जापान एउटा त्यस्तो आँकडा तर्फ अघि बढिरहेको थियो, जसलाई देखेर संसारका अरु देशमा खलबली मच्चियो । यो त्यस्तो आँकडा थियो जुन आउने दिनहरुमा लगातार बढ्ने अवस्थामा थियो । त्यो आँकडा थियो जापानमाथि ९.२ ट्रिलियन डलरको कर्जा । यो जापानको कर्जाको त्यो राशी हो, जुन उसको जीडीपी भन्दा २६६ प्रतिशत अधिक छ ।

यसको तुलनामा यदि संसारकै ठूलो आर्थिक शक्ति अमेरिका माथि ३१ ट्रिलियन डलर ऋण छ । तर अमेरिकाको यो ऋण उसको जीडीपीको ९८ प्रतिशत मात्रै बढी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जापान यसरी कर्जामा डुब्नुको कारण हो, उसले दशकौंसम्म आफ्नो अर्थतन्त्रलाई जोगाई राख्नका लागि घरेलु खर्चमा अत्यधिक रकम खर्च गर्यो । तर जापानको आर्थिक उन्नतिका दुई महत्वपूर्ण पक्ष छन्, नागरिक र कारोबार जो सरकारको खर्चलाई देखेर ज्यादा उत्साह देखाउँदैनन् । तर पनि सरकार उनीहरुका लागि अधिक खर्च गरिरहन्छ । यसलाई पिटर्सन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका सिनियर फेलो ताकेशी ताशीरो भन्छन–‘यहाँ नागरिकको बचत धेरै छ र लगानी त्यति नै कम छ । त्यसकारण यहाँ माग अत्यन्तै न्युन छ । त्यसकारण सरकारका तर्फबाट अत्यधिक आर्थिक प्रोत्साहनको आवश्यकता परेको छ ।’

ताकेशी ताशीरो अघि भन्छन–‘यो समस्याका कारणमध्ये एक जापानको जनसंख्याको अवस्था हो, यहाँका मानिस लामो आयु बाच्छन्, त्यसकारण समाजिक सुरक्षा र स्वास्थ्य सेवामा धेरै खर्च हुन्छ ।’
यहि कारणले जापानी नागरिकहरु आफ्नो भविष्यलाई लिएर बढि आशंकित हुने र सेवा निवृत्त हुनुपूर्व बढी भन्दा बढी बचत गर्न लालायित हुने गरेका छन् । ताकेशीका अनुसार जापानीहरुको औषत आयु अझै बढ्नेछ र यस्तो समस्या पनि अझै लामो समयसम्म कायमै रहनेछ । तर अचम्मको कुरा यो पनि छ की दुनियाँमा सबै भन्दा धेरै ऋणमा डुब्ने देश हुनुका बावजुद जापानमा अन्तराष्ट्रिय लगानीकर्ताको भरोसा जबरदस्त छ । हरेक वर्ष जापानलाई ऋण(बण्ड) खरिद गरेर उनीहरु पैसा उधारो दिन्छन् ।

सन १९९० को दशकदेखि जापानमाथि ऋणको बोझ बढ्न थालेको थियो, किन की त्यस समय रियलस्टेट र वित्तिय कारोबारमा भारी गिरावट आएको थियो । फेरी पनि, १९९१ मा जीडीपी र कर्जाको अनुपात ३९ प्रतिशत थियो । तर त्यसपछि अर्थतन्त्रको वृद्धिदर लगातार कम हुँदै गयो, सरकारको आम्दानी घट्दै गयो । जसले गर्दा सरकारलाई खर्च बढाउन बाध्य बनायो । यसै गरि सन २००० सम्म जापानको ऋण उसको जीडीपी बराबर हुन गयो । र सन २०१० सम्म आईपुग्दा जापानको ऋण जीडीपीको २०० प्रतिशत पुगिसकेको थियो । त्यसपछि संसारको तेश्रो ठूलो अर्थतन्त्र जापानले ‘आर्थिक प्रोत्साहन’को सहारा लिनु परेको थियो । सबै भन्दा पहिले सन २००८ को विश्वव्यापी मन्दिको दौरान, त्यसपछि सन २०११ को फुकुशिामा भूकम्प र त्यसपनि सुनामी हुँदै अहिले कोरोना महामारीमा । जापानले निकै ठूलो आर्थिक प्रोत्साहन प्याकेज घोषणा गरेको छ ।

खर्चका लागि वित्तीय मदत
मन्दिदेखि महामारी र प्राकृतिक विपत्तिको अवस्थामा जापानले पनि संसारका अन्य देशहरुको जस्तै कदम उठायो । शिक्षा, स्वास्थ्य र रक्षा जस्ता मामलामा आवश्यक रकम जुटाउन बण्ड जारी गर्यो । जसबाट आएको रकमले खर्चको आवश्यकता पुरा गर्न सकियोस् ।
अर्काे शब्दमा भन्ने हो भने जापान अन्तराष्ट्रिय बजारबाट पैसा उठाउँछ र भन्छ की लगानीकर्ताले उनीहरुको रकम केहि फाइदासहित फिर्ता पाउनेछन् ।

न्युन ब्याज भुक्तानी
एउटा खास बिशेषता यो पनि छ की जापान अरु देशको मुद्रामा ऋण लिँदैन् । जापानको सबै ऋण उसको आफ्नै मुद्रा येनमा छ । त्यसकारण जापानको केन्द्रिय बैंक अन्तराष्ट्रिय गिरावटबाट खासै प्रभावित हुँदैन् ।
जापानको कर्जाको ९० प्रतिशत हिस्सा जापानी लगानीकर्ताकै छ ।
त्यसकारण संसारमा ब्याज अधिक हुँदा पनि जापानमा साहै्र न्युन ब्याज कायम हुने गरेको छ । सरकार र केन्द्रिय बैंकको उचित तालमेल र नागरिकको सोँचका कारण यो सबै सम्भव भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्