Shikhar Insurance

ब्याजदर, चालू पुँजी कर्जा, आयातको नगद मार्जिन र प्रतिबन्ध हट्याे, अझै धेरै सुधार हुन्छः मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७९ माघ ९, सोमबार ११:०२
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र निजि क्षेत्रका मागहरु पुरा हुँदै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एसएमईज सम्मेलनमा बोल्दै उप-प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले ब्याजदर, चालू पुँजि कर्जा, आयातको नगद मार्जिन र आयात प्रतिबन्ध जस्ता समस्याको आफुले समाधान गरेको बताएका हुन् ।

मन्त्री पौडेलले अर्थतन्त्रमा उद्योगको योगदान मध्ये ९० प्रतिशत  हिस्सा लघु घरेलु तथा साना उद्योगको रहेको बताए । आकारमा सानो भएपनी लघु घरेलु तथा साना उद्योगको योगदान भने ठूलो रहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अर्थतन्त्र सम्बन्धि कुनै पनि नीति सरकारले नलगे बरु छलफल गरेर अघि जाने स्पष्ट पारे । उनले निजि क्षेत्रले कुनै दुबिधा बिना सरकारसँग छलफलमा बस्नु पर्नेमा पनि जोड दिए । मन्त्री पौडेलले लगानीका लागि रहेको प्रक्रियागत झन्झट भए हटाउने बताए ।

साना उद्योगलाई सहज वित्तीय पहुँच र कम ब्याजदरमा ऋण दिने प्रतिबद्दता व्यक्त गरे । मुद्रा स्फ्रिती र ब्याजदरको उचित तालमेल मिलाउने जानकारी दिए । राष्ट्र बैंकको स्वायत्तता र दायित्वलाई बोध गर्दै ब्याजदर ब्यवस्थापन गर्ने बताए । पछिल्ला दिनहरुमा ब्याजदर घट्दै गएको र त्यो बान्चित सिमा भित्र रहने बताए ।

आफुले निजि क्षेत्रलाई उच्च प्राथमिकता दिने गरेको इतिहास बुझिदिन आग्रह पनि गरे । चालू पुजी कर्जा, आयात मार्जिन र ब्याज दरको समस्या आफुले समाधान गरिदिएको दावी पनि गरे । “चालू पुजिँ कर्जा, आयातको नगद मार्जिन र ब्याजदरको समस्या क्रमशः हटाईदै गईएको छ, अरु समस्याहरु पनि यसरी नै समाधान हुँदै जानेछ ।” मन्त्री पौडेलले भने ।

राजस्व परिचालनमा निजि क्षेत्रले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । करदातालाई कर प्रशासनले कुनै प्रकारको दु:ख नदिने वाचा पनि उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्