Shikhar Insurance

राष्ट्र बैंकले १० अर्ब रुपैयाँभन्दा बढीको ट्रेजरी बिल बोलकबोल गर्ने

सिंहदरबार संवाददाता
२०७९ माघ ९, सोमबार ११:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार (माघ ९ गते) ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले सोमबार १० अर्ब रुपैयाँभन्दा बढीको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

बैंकले ९१ दिन अवधिको ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकका अनुसार ९२ दिन अवधिको ट्रेजरी २०८० बैशाख १२ गते परिपक्व हुनेछ । भने, ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ ९ गते परिपक्व हुनेछ ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो २ बजे खुला हुनेछ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्