Shikhar Insurance

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ, प्रधानमन्त्री दाहालद्वारा पद तथा गोपनीयताको शपथ

सिंहदरबार संवाददाता
२०७९ माघ ९, सोमबार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई सोमबार नै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्