Shikhar Insurance

सवारी साधनलाई विलाशीता वस्तुको वर्गिकरणबाट हटाउन अर्थमन्त्री नाडासँग छलफल गर्दै

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १४:०९
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री वष्णु पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको वस्तुमा वर्गिकरणको व्यवस्थाको संसोधनबारे सरकारले छलफल गर्ने बताएका छन् । अर्थमन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको वस्तुमा वर्गिकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गरिने आश्वासन दिएका हुन् ।

मंगलबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अर्थमन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको थियो । सो छलफलको क्रममा नाडाका अध्यक्ष धुव्र थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरणगरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गरेका थिए । उनले सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गरेपछि अर्थमन्त्री पौडेलले आगामी बजेट निर्माणमा सो बारे छलफल गर्न नाडालाई बोलाउने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भेटघाटमा अध्यक्ष थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु परेको गुनासो समेत गरेका थिए । साथै, अहिले लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी समेत गुमाएको मात्र नभएर नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि करिव ३००० सवारी साधनहरुको भन्सार जाँचपास समेत हुन नसकेको अवस्था बारे मन्त्री पौडेललाई अध्यक्ष थापाले जानकारी दिएका थिए ।

सो छलफलमा अध्यक्ष थापाले अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने । सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको ज्ष्चभ एगचअजबकभ ीयबल प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरिनु पर्ने र चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका लागि समेत अनुरोध गर्नु गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्