Shikhar Insurance

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ३ अर्बमै सिमित

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन अर्थात सोमबार १३.७१ अंकले घटेर बन्द भएको नेप्से परिसूचक मंगलबार भने ८ अंकले बढेर बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक ८.१४ अंकले बढेर २,१७३.२४ को विन्दुमा बन्द भएको छ । साथै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.५३ अंकले बढेर ४१५.५४ को विन्दुुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २४८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर ३ अर्ब ३२ लाख रुपैयाँमा ३० हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन अर्थात सोमबार नेप्से परिसूचक १३.७१ अंकले घट्दा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

कारोबारमा आएको १०९ कम्पनीको सेयर मूल्य बढेको छ । ८९ कम्पनीको सेयर मूूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार सानिमा जिआईसी इन्स्योरेन्सको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.७७ प्रतिशतले र शीव श्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.०२ प्रतिशतले बढेको छ । भने, मैलुुङ खोला जलविद्युतको सेयेर मूल्य ५.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा छ । कम्पनीको १२ करोड ९१ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, शीव श्री हाइड्रोपावरको १० करोड ४१ लाख ३३ हजार, अपि पावर कम्पनीको ९ करोड ३० लाख ५८ हजार, अपर तामाकोशी हाइडोपावरको ९ करोड १६ लाख ३६ हजार र एनआईसी एशीया बैंकको ७ करोड ५३ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अंक बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्