Shikhar Insurance

बाजुरामा ५.९ म्याग्निच्युटको भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १५:५८
NIMB
Nabil Bank

सुदूरपश्चिम । आज मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्