Shikhar Insurance

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेन्ज कति?

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । साविकको सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर पछिको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचिकृत (माघ १० गते) भएको छ । आजबाट सूर्यज्योति लाईफ इन्स्योरेन्सको नामबाट धितोपत्रको सूचिकृत गरेको हो ।

इन्स्योरेन्सको सेयर अंकित मूल्य १०० रुपैयाँको दरले कुल ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, ज्योति लाइफ इन्स्योरेन्सको १ करोड ९९ लाख ५२ हजार ९०० कित्ता र सूर्य लाइफ इन्स्योरेन्सको २ करोड ५५ लाख २ हजार ८२१ कित्ता रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इन्स्योरेन्सको मर्जर पछि पहिलो कारोबारका लागि नेप्सेले सेयरको ओपनिङ्ग रेन्ज ३७१ रुपैयाँ ५९ पैसा तोकेको छ ।

साविकको सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडबीच १ः०.८२४५ को अनुपातमा मर्ज भएको थियो । नेप्सेले कम्पनीको सेयरलाई एसजेएलआईसी संकेत दिएको छ ।

नेप्सेको माघ १० गतेको निर्णय अनुसार इन्स्योरेन्सको सेयर सूर्यज्योतिको नामबाट धितोपत्र सूचिकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्