Shikhar Insurance

६ महिनामा आयातसँगै घट्यो निर्यात,आयात प्रतिबन्धको असर राजस्वमा

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को ६ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २०.६८ र निर्यात ३२.०१ प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म ९ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाख रुपैयाँको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको आयात भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै गत आवको पुससम्म १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको निर्यात भएको हो । तथ्याङक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ र निर्यातको हिस्सा ९.२५ प्रतिशत छ ।

सात खर्बको व्यापारघाटा

चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा ७ खर्ब रुपैयाँभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा नेपालले ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आवमा ८ खर्ब ८० अर्ब रुपैयाँ बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९.१५ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार ६ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र ४ खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट ४ खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रुपैयाँको निर्यात गरेको छ ।

आयात प्रतिबन्धको असर राजस्वमा

सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको ६ महिनामा २ खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा १ खर्ब ८२ अर्ब ८४ करोड बराबर रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ । विभागका अनुसार ६ महिनामा नेपालले विभिन्न देशबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मङ्सिरमा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा १ खर्ब २७ अर्ब रुपैयाँ बराबरको मात्रै आयात थपिएको हो ।

एक सय ४८ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ६ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै ४ खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बढीको आयात भएको छ ।

कुल ४ खर्ब रुपैयाँ बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै ४ खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । ६ महिनाको अवधिमा चीनबाट १ खर्ब ९ अर्ब ९७ करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख रुपैयाँ मात्र निर्यात भएको छ । चीनसँग मात्र १ खर्ब ९ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बराबरको व्यापारघाटा भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्