Shikhar Insurance

६० लाख ऋणले थिचिएपछि ‘म क्रान्ति गर्दैछु भन्दै आत्मदाहको प्रयास गर्ने युवा उद्यमीको मार्मिक कथा

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १८:३१
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रमे प्रसाद आचार्य सन्तोषले आफु युवा उद्यमी बन्न लागिपरेको र ६० लाख ऋणको भारीले थिचिएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेको भेटिएको छ । उनले युवा उद्यमी बनेर देशमै केहि गर्ने प्रयास गरेका थुप्रै कामको विवरणहरु समेत स्टाटसमा समेटेका छन् । आचार्यले बिभिन्न कामहरु गर्ने प्रयासका क्रममा आफुलाई ६० लाख रुपैयाँ ऋण लागेको उल्लेख गरेका छन् । गौतमले अब देशमै केहि गर्न सकिन्न भन्ने निष्कर्ष निकाल्दै त्यत्रो ऋण तिर्ने सामर्थ्य पनि आफुसँग नभएको भन्दै ‘म क्रान्ति गर्दैछु’ भनेर आत्मदाहको प्रयास गरेको उल्लेख गरेका हुन् ।

इलाम सुर्याेदय नगरपालिका ११ केराबारीका गौतमले मंगलबार बानेश्वरको संसद भवन अघि आत्मदाहको प्रयास गरेका थिए । उनलाई उद्धार गरि प्रहरीले किर्तिपुर अस्पतालमा उपचारका लागि पठाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्