Shikhar Insurance

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०७९ माघ १०, मंगलवार १९:०१
NIMB
Nabil Bank

काठमाडौं । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरमा उपचार १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ ।

सो सम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रा. डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे । उक्त समझदारी अनुसार बैंकमा खाता सञ्चालन गरि मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका छन् ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा ३डी सिआरटी, आईएमआरटी, भिएमएटी, उपचारमा ५/५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउनेछ । र अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त हुनेछ । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्