Shikhar Insurance

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ माघ ११, बुधबार १०:५३
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीको पुस १३ गते बसेको सञ्चलक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त लाभांश दरलाई कम्पनीको माघ १० गते बसेको सञ्चलक समितिको बैठकले संशोधन गरेर ६.९९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजननार्थका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नियामक नेपाल बिमा प्राधिकरणको निर्देशन बमोजिम उक्त लाभांश प्रस्ताव संशोधन गरिएको कम्पनीले जानकारी गराएको छ । कम्पनीले अब सोही प्रस्ताव वार्षिक साधारण सभामा पेश हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्