Shikhar Insurance

एक सयले घट्यो सुनको मूल्य, चाँदी स्थिर

सिंहदरबार संवाददाता
२०७९ माघ ११, बुधबार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने घटेको हो ।

बुधबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, तेजावी सुन पनि प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् मंगलबार तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मुल्य भने स्थिर छ । बुधबार चाँदी अघिल्लो दिनकै बराबरी १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा महासंघले अन्तरर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्