Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खुद नाफामा २८.४४% ले वृद्धि गर्दा वितरण योग्य मुनाफा डेढ अर्ब ऋणत्मक

सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार ११:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २८.४४ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा बैंकको वितरण योग्य मुनाफा भने १ अर्ब ६० करोड रुपैयाँ ऋणत्मक रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक आपसमा मर्जर भएर गत पुस २८ गतेदेखि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार शुरु गरेको हो । एकिकृत कारोबार पछि नेपाल इन्भेष्टमेण्ट मेगाको ९४ करोड ८४ लाख रुपैयाँ वितरण योग्य मुनाफा भएपनि साविकको मेगा बैंकको २ अर्ब ५५ करोड २७ लाख रुपैयाँ रिर्टन अर्निङ अर्थात सञ्चित खाता ऋणात्मक हुँदा सोको हिसाब मिलान गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वितरण योग्य डेढ अर्ब बढी ऋणात्मक देखिाएको हो ।

यस्तै, बैंकले चालु आवको पुस मसान्तसम्म ३ खर्ब ५५ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जस वापत बैंकले ४ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा बैंकले ४ अर्ब ५९ करोड रुपैयाँ खुद सञ्चालन मुनाफा गरेको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकको बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रहेको छ भने रिजर्भमा २३ अर्ब ५५ करोड रहेको छ । सो अवधिमा बैंकको खराब कर्जा ३.७१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा २.०६ प्रतिशत थियो ।

यस्तै पुस मसान्तसम्म बैंकको बेसरेट १०.४२ प्रतिशत, स्प्रेडरेट ४.११ प्रतिशत र सीडी रेसियो ८७.२४ प्रतिशत रहेको छ । साथै, सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसा र नेटवर्थ प्रतिसेयर१ सय ६४ रुपैयाँ ९१ पैसा रहेको छ ।

साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्