Shikhar Insurance

वाणिज्य बैंकहरुले कमाए ३३ अर्ब खुद नाफा, एभरेष्टकाे ग्रोथ उच्च हुँदा ७ वटाको नेगेटिभ, धेरै कमाउने नबिल

कुनकाे नाफा कति ?
सिंहदरबार संवाददाता
२०७९ माघ १२, बिहीबार १२:००
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुले ३१ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये पुस मसान्तसम्म ३३ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

२६ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु मर्जर तथा प्राप्तिको प्रक्रिया सम्पन्न गरी हाल २२ वटा कायम भएका छन् । यी २२ वटै वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । जसअनुसार २२ वटा वाणिज्य बैंकहरुको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १२.६२ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा यी वाणिज्य बैंकहरुले कुल २९ अर्ब ४४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवको पुस महिनाभित्रै ८ वटा वाणिज्य बैंकहरु मर्जर तथा प्राप्तिमा सहभागि भएर २२ वटा कायम भएका छन् । अहिले ४ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रकृयामा छन् । तर नाफाको ग्रोथमा भने मर्जर तथा प्राप्तिमा सहभागि नभएकै बैंक अब्बल स्थानमा रहेको छ । चालु आवमा ग्लोबल आइएमई बैंकले तत्कालिन बैंक अफ काठमाण्डुलाई, प्रभु बैंकले तत्कालिन सेञ्चुरी कर्मसियल बैंकलाई र कुमारी बैंकले तत्कालिन एनसीसी बैंकलाई आफुमा मिसाएको हो भने, नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक मिलेर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

चालु आवभित्रै मर्जर तथा प्राप्ति प्रक्रियाबाट ठुला बनेका बैंकहरुको भन्दा एभरेष्ट बैंकको नाफाको ग्रोथ उच्च रहेको छ । बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ८८.३४ प्रतिशतले वृद्धि गरेको छ । गत आवको पुस मसान्तसम्म ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको एभरेष्टले चालु आवको सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ कमाउन सफल भएको हो ।

यस्तै, खुद नाफाको ग्रोथको दोस्रो नम्बर सुचीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले गत आवको दास्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ६२.०४ प्रतिशत बढी १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

मर्जर तथा प्राप्तिमा सहभागि नभएका यी बैंकहरुले नाफाको ग्रोथमा छलाङ्ग मार्दा सो अवधिमा सर्वाधिक खुद नाफा कमाउनेमा भने नबिल बैंक अब्बल स्थानमा रहेको छ । नबिलले भने गत आवमो असार मसान्तमा तत्कालिन नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको थियो । गत आवमा बीग मर्जर गरेको नबिलले चालु आवको दोस्रो त्रैमासमा ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नाफाको ग्रोथमा समेत नबिल तेस्रो स्थानमा छ । बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा ५६.४२ प्रतिशतले वृद्धि गरेको हो ।

यस्तै, नबिल बैंकसँगै सर्वाधिक नाफा कमाउनेको दोस्रो नम्बरमा एनआइसी एशिया बैंक रहेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको हो । जुन गत आवको भन्दा ३६.२५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिमा नबिल र एनआइसीले ३ अर्ब बढी नाफा कमाउँदा ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड र नेपाल इन्भेष्टमेण्ट बैंकले २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् । साथै, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम र एभरेष्ट बैंकले ढेड अर्बदेखि २ अर्बको बीचमा खुद नाफा कमाएका छन् । भने, सानिमा, प्रभु, नेपाल एसबिआइ, नेपाल बैंक, सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे र कुमारीले एक अर्बदेखि डेढ अर्ब बीच खुद नाफा कमाएका हुन् । हिमालयन, सिटिजन्स, सनराइज, सिभिलले ५० करोडदेखि १ अर्बबीच खुद नाफा आर्जन गर्दा कृषि विकास बैंकको १२ करोड ८९ लाख रुपैयाँ खुद नाफा ऋणात्मक रहेको छ ।

कुन बैंकको खुद नाफाको ग्रोथ कति ?
गत आवको दोस्रो त्रैमासमा आर्जित खुद नाफामा चालु आवको सोही अवधिमा १५ वटा वाणिज्य बैंकले ०.९९ प्रतिशतदेखि ८८.३४ प्रतिशतसम्म ग्रोथ गरेको छ । जसमा अब्बल ग्रोथ एभरेष्टको हुँदा न्यून ग्रोथ माछापुच्छ्रे बैंकको भएको हो ।

दर्जन बढी वाणिज्य बैंकले नाफामा ग्रोथ गर्दा ७ वटाले भने नेगेटिभ ग्रोथ गरेका छन् । जसमा कृषि विकास बैंक, सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक, सनराइज, प्रभु र प्राइम बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा घटेको हो ।
यी बैंकहरुको खुद नाफा गत आवको दोस्रो त्रैमासको भन्दा १.२० प्रतिशतदेखि १०९.०८ प्रतिशतसम्मले घटेको छ । जसमा सबैभन्दा बढी कृषि विकास बैंकको र सबैभन्दा कम प्राइम कर्मसियल बैंकको घटेको हो ।

कृषि विकास बैंकको खुद नाफा चालु आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँले नकारात्मक छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

वाणिज्य बैंकहरूकाे खुद नाफा रू.कराेडमा

 

GBIME

प्रतिक्रिया दिनुहोस्