Shikhar Insurance

वाणिज्य बैंकहरुको पौने १ खर्ब कर्जा उठ्न नसक्ने अवस्थामा, सबैभन्दा बढी ग्लोबल आइएमईमा

औषत खराब कर्जा २.३३ प्रतिशत, कुनमा कति?
सिंहदरबार संवाददाता
२०७९ माघ १३, शुक्रबार १५:३०
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जामा पौने १ अर्ब रुपैयाँ बढी उठ्न नसक्ने अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले कुल ४१ खर्ब १३ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये २.३३ प्रतिशत खराब कर्जा (एनपीएल) रहेको छ । ऋणीले समयमै साँवा ब्याज भुक्तानी नगर्दा सो अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ९५ अर्ब ६५ करोड २० लाख रुपैयाँ पुगेको हो ।

यसरी समयमै साँवा ब्याज भुक्तानी नभएको खराब कर्जा हिस्सा गत आवको सोही अवधिमा १.१० प्रतिशतमात्रै थियो । जुन चालु आवको सोही अवधिमा आइपुग्दा १११.०६ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले कुल ३५ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसको १.१० प्रतिशत अर्थात् ३८ अर्ब ८३ प्रतिशत खराब कर्जाको हिस्सा रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको दोस्रो त्रैमासको तुलनामा अधिकांश वाणिज्य बैंकहरुमा खराब कर्जा बढेको छ । सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको बढेको हो । सो अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ०.१४ प्रतिशतदेखि ३.०५ प्रतिशतसम्मले बढ्दा राष्ट्रिय वाणिज्य बैंकको भने ०.२७ प्रतिशतले घटेको छ ।
गत आवको पुस मसान्तमा कायम खराब कर्जामा चालु आवको पुस मसान्तमा हिमालयन बैंकको खराब कर्जा ३.०५ प्रतिशत बढेर ३.७७ प्रतिशत पुगेको हो ।

साथै, सो अवधिमा सिद्धार्थ बैंकको २.५ प्रतिशतले बढेर २.८७ प्रतिशत, कृषि विकास बैंकको २.४४ प्रतिशतले बढेर ४.५२ प्रतिशत, कुमारीको २.०९ प्रतिशतले बढेर ३.१५ प्रतिशत र प्राइम कर्मशियल बैंकको २.०३ प्रतिशत बढेर २.८१ प्रतिशत पुगेको छ । बाँकी ७ वटा वाणिज्य बैंकको १ प्रतिशतदेखि २ प्रतिशतबीचमा र बाँकी ९ वटाको ०.१४ प्रतिशतदेखि १ प्रतिशतसम्मले बढेको हो ।

चालु आवको पुस मसान्तसम्म प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकमा ४.५२ प्रतिशत र परिमाणको आधारमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकमा १० अर्ब ६० करोड रुपैयाँ खराब कर्जाको हिस्सा रहेको छ ।

साथै परिमाणको आधारमा दोस्रो नम्बरमा सबैभन्दा धेरै खराब कर्जा १० अर्ब ७ करोड ७२ लाख रुपैयाँ नेपाल इन्भेष्टमेण्ट बैंकमा रहेको छ ।

खराब कर्जाको व्यवस्था
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौताअनुसार कर्जा प्रवाह गर्छन् । सम्झौताअनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नु पर्ने हुन्छ ।

यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नु पर्ने हुन्छ । नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यस्ता बैंक तथा वित्तीय संस्था जोखिम भएको मानिन्छ । भने, राष्ट्र बैंकले शिध्र सुधारका कारर्वाही अघि बढाउने गरेको छ ।

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाँघि एक वर्ष नपुगेको कर्जालार्ई खराब कर्जाको रुपमा राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो ।

जसमा कर्जाप्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी गरी १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । साथै, १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जाको ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाकोे साँवा ब्याज भुक्तानी नभएमा कर्जालार्ई कमसल कर्जामा वर्गीकरण गरी कर्जाकोे २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यदी ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ । साथै, १ वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभएमा सोमा शत प्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालार्ई खराब कर्जामा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

कर्जाको प्रोभिज बढेकै कारणले गत आवको तुलनामा खराब कर्जा बढेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन् । कोभिड पछि राष्ट्र बैंकले तोकेको सुविधा अर्थात् कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण गर्दा प्रोभिजन बढ्दा खराब कर्जा चालु आवको दोसे त्रैमासमा बढ्न गएको उनको भनाई । उनका अनुसार अहिले अन्य क्षेत्रको तुलानमा साना तथा मझौला उद्योगका क्षेत्रमा खराब कर्जा बढी छ ।

कुन बैंकमा कति खराब कर्जा ?
सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरुले चालु आवको दोस्रोे त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसअनुसार प्रतिशतको आधारमा सो अवधिमा सबैभन्दा बढी खराब कर्जा कृषि विकास बैंकमा छ भने परिमाणको आधारमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकमा खराब कर्जा छ ।

पुस मसान्तसम्म ग्लोबल आइएमई बैंकले कुल ३ खर्ब ६३ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसको २.९२ प्रतिशत अर्थात् १० अर्ब ६० करोड ६६ लाख रुपैयाँ खराब कर्जाको हिस्सा बैंकमा रहेको छ ।

यस्तै, कृषि विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म कुल १ खर्ब ७५ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसको ४.५२ प्रतिशत अर्थात् ७ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ खराब कर्जा रहेको छ ।

सो अवधिमा प्रतिशत र परिमाणकै आधारमा सबैभन्दा थोरै नेपाल एसबिआई बैंक खराब कर्जा रहेको छ । चालु आवको दोस्रो त्रैमासमा नेपाल एसबिआइ बैंकले कुल १ खर्ब २० अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा त्यसको ०.४७ प्रतिशत अर्थात् ५६ करोड ८२ लाख रुपैयाँ खराब कर्जाको रहेको छ ।

परिमाणको आधारमा चालु आवको दोस्रो त्रैमासमा प्रवाहित कुल कर्जामा ९ वटा ५ अर्बदेखि १० अर्ब ६० करोड रुपैयाँसम्म, १० वटा बैंकको १ अर्ब रुपैयाँदेखि ५ अर्ब रुपैयाँसम्म र बाँकी ३ वटा बैंकको १ अर्ब रुपैयाँभन्दा कम खराब कर्जा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्