Shikhar Insurance

६ महिनामा कुन मन्त्रालयले बजेट खर्च कति गरे? (विवरणसहित)

सिंहदरबार संवाददाता
२०७९ माघ १५, आईतवार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा सरकारले ३२.१३ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । विनियोजित बजेटमा सरकारले चालु खर्च ३८.४६ प्रतिशत, पुँजीगत खर्च १४.०५ प्रतिशत र वित्तीयतर्फ २९.४४ प्रतिशत गरेको हो ।

चालु आवको लागि सरकारले चालु खर्चको लागि ११ खर्ब ८३ अर्ब २३ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय खर्चतर्फ २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ गरी कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये पुस मसान्तसम्ममा चालु खर्च ४ खर्ब ५५ अर्ब १२ करोड, पुँजीगत खर्च ५३ अर्ब ४५ करोड, र वित्तीय व्यवस्थापन खर्चतर्फ ६७ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्रालयद्वारा सार्वजनिक तथ्यांक अनुसार सो अवधिमा विनियोजित बजेटमा सबैभन्दा बढी रक्षा मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयलले कुल विनियोजित बजेटमा चालु तर्फ ६५.८७ प्रतिशत र पुँजीगत खर्च ५४.५५ प्रतिशत गरी कुल ५०.३० प्रतिशत पुस मसान्तसम्म खर्च गरेको हो । चालु आवमा रक्षा मन्त्रालयलाई कुल ५५ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा मन्त्रालयले चालुतर्फ २६ अर्ब ८७ करोड र पुँजीगततर्फ ८० करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयगत आधारमा हेर्दा अधिकांश मन्त्रालयको खर्च अवस्था सन्तोषजनक छैन । ६ महिनामा सबैभन्दा धेरै बजेट रक्षा मन्त्रालयले खर्च गर्दा सबैभन्दा थोरै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खर्च गरेको छ ।

कुन मन्त्रालयको खर्च कति?

अर्थ मन्त्रालय

अर्थ मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८० का लागि ३२ अर्ब ७५ करोड बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा १३.५४ प्रतिशत अर्थात् ४ अर्ब ४३ करोड मात्रै खर्च गरेको छ । अर्थले विनियोजित बजेटमा पुस मसान्तसम्म चालुतर्फ १७.८६ प्रतिशत अर्थात् ४ अर्ब ५ करोड रुपैयाँ र पुँजीगततर्फ ३.८० प्रतिशत अर्थात् ३८ करोड २४ लाख रुपैयाँ खर्च गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि १० अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा १ अर्ब ६२ करोड अर्थात् १५.५३ प्रतिशत खर्च भएको छ । जसमा चालुतर्फ २८.८२ प्रतिशत अर्थात् १ अर्ब ४७ करोड र पुँजीगततर्फ २.९२ प्रतिशत अर्थात् १५ करोड ७० लाख रुपैयाँ खर्च भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८०  का लागि ४८ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यसमध्ये पहिलो ६ महिनासम्ममा १७ अर्ब ७३ करोड रुपैयाँ अर्थात् ३६.८३ प्रतिशत खर्च भएको छ । जसमध्ये चालुतर्फ ३९.३२ प्रतिशत अर्थात् १७ अर्ब ३६ करोड रुपैयाँ र पुँजीगततर्फ ९.३५ प्रतिशत अर्थात् ३७ करोड ३५ लाख रुपैयाँ खर्च भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८० का लागि ७ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यसमध्ये आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ४३ करोड रुपैयाँ अर्थात् ३४.६१ प्रतिशत मात्रै खर्च भएको छ । जसमध्ये चालुतर्फ ४०.७८ प्रतिशत अर्थात् २ अर्ब २६ करोड रुपैयाँ र पुँजीगततर्फ ११.५३ प्रतिशत अर्थात् १७ करोड १३ लाख रुपैयाँ खर्च भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेट मध्ये ३७ करोड ६५ लाख रुपैयाँ अर्थात् १८.१० प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

जसमध्ये चालुतर्फ १८.३४ प्रतिशत अर्थात् ३५ करोड ७५ लाख रुपैयाँ र पुँजीगततर्फ १४.५२ प्रतिशत अर्थात् १ करोड ९० लाख रुपैयाँ बजेट खर्च भएको हो ।

वन तथा वातावरण मन्त्रालय
वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि १२ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ३ अर्ब ७७ करोड अर्थात् २९.३७ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ । जसमध्ये चालुतर्फ ३९.२२ प्रतिशत अर्थात् ३ अर्ब १३ करोड रुपैयाँ र पुँजीगततर्फ १३.०८ प्रतिशत अर्थात् ६३ करोड २७ लाख रुपैयाँ बजेट खर्च भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट १ अर्ब ५० करोड रुपैयाँ अर्थात् १८.६८ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।
जसमध्ये चालुतर्फ १ अर्ब २३ लाख अर्थात् २३.५० प्रतिशत र पुँजीगततर्फ ५० करोड ५७ लाख रुपैयाँ अर्थात् १३.२७ प्रतिशत बजेट खर्च भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनासम्ममा १ अर्ब ५९ करोड रुपैयाँ अर्थात् ६.३६ प्रतिशत मात्रै खर्च भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८० का लागि ४० अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । पहिलो ६ महिनामा ५ अर्ब १० अर्ब १४ करोड रुपैयाँ अर्थात् २४.८५ प्रतिशत मात्रै खर्च भएको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनासम्ममा २ अर्ब ५७ करोड रुपैयाँ अर्थात् ३० प्रतिशत मात्रै खर्च भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आर्थिक वर्ष २०७९/८० का लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेट पहिलो ६ महिनासम्ममा २६ अर्ब १५ करोड रुपैयाँ अर्तात् १६.१९ प्रतिशत मात्रै खर्च भएको छ ।

शहरी विकास मन्त्रालय
शहरी विकास मन्त्रालयमा आर्थिक वर्ष २०७९/८० का लागि ३८ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट ५ अर्ब ९० करोड रुपैयाँ अर्थात् १५.२५ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८० का लागि ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । सो आवको पहिलो ६ महिनासम्ममा १४ अर्ब ५ करोड रुपैयाँ अर्थात् २०.२६ प्रतिशत मात्रै खर्च भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा पहिलो ६ महिनामा ३५.६७ प्रतिशत अर्थात् २४ अर्ब ९८ करोड रुपैयाँ बजेट खर्च भएको छ ।

खानेपानी मन्त्रालय
खानेपानी मन्त्रालयका लागि आर्थिक वर्ष २०७९/८० मा २० अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटमध्ये पहिलो ६ महिनामा ३ अर्ब ७५ करोड अर्थात् १८.६ प्रतिशत मात्रै खर्च भएको छ ।

रक्षा मन्त्रालयल
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि ५५ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा सबैभन्दा धेरै खर्च सो मन्त्रालयको भएको छ । पहिलो ६ महिनामा २७ अर्ब ६८ करोड रुपैयाँ अर्थात् ५०.३० प्रतिशत खर्च भएको छ ।

गृह मन्त्रालय
गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि १ खर्ब ८५ अर्ब ३ करोड बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ अर्थात् ४८.६८ प्रतिशत खर्च भएको छ ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि ८८ करोड ६७ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनामा १३ करोड ३७ लाख रुपैयाँ अर्थात् १५.०८ प्रतिशत मात्रै खर्च भएको छ ।

परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको पहिलो ६ महिनामा २ अर्ब ५० करोड रुपैयाँ अर्थात् ४२.८६ प्रतिशत खर्च भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्