Shikhar Insurance

सरकारी बीमा कम्पनीलाई ३ महिनाभित्र लेखा परीक्षण सम्पन्न अर्थमन्त्री पौडेलको निर्देशन

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी बीमा कम्पनीहरुलाई ३ महिना भित्रै लेखा परिक्षण गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले सोमबार अर्थमन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी सो निर्देशन दिएका हुन् ।

सरकारी बीमा कम्पनीहरुको लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै उनले ती कम्पनीहरुलाई आजका मितिबाट सुरु भइ २०८० साल वैशाख १६सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन समेत निर्देशन दिए ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्