Shikhar Insurance

पठानले पाँच दिनमै कमायो साढे पाँच अर्ब भारु, बन्यो रेकर्ड नै रेकर्ड

सिंहदरबार संवाददाता
२०७९ माघ १६, सोमबार १८:२७
NIMB
Nabil Bank

काठमाडौं । किङ खानका नामले चिनिने भारतीय अभिनेता शाहरुख खान अभिनित पठान फिल्मले पाँच दिनमै साढे पाँच अर्ब भारु कमाएको छ । फिल्म निर्माता कम्पनी एसराजका अनुसार पठानले पाँच दिनमा पाँच अर्ब ४३ करोड मारु आम्दानी गरेको हो ।

फिल्मले भारतमा ३ अर्ब ३५ करोड र भारत बाहिर २ अर्ब ८ करोड भारु आम्दानी गरेको हो । यशराज फिल्मले हिन्दी सिनेमाको इतिहासमा पठानले सबै भन्दा चाँडो धेरै व्यापार गर्ने फिल्मका रुपमा आफुलाई खडा गरेको दावी गरेको छ ।
चार वर्षपछि पर्दामा देखिएका शाहरुखसँगै पठानमा दिपीका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पठानले पहिलो दिन भारतमा ५७ करोड भारुको कमाई गरेको थियो । संसारमा पठानको पहिलो दिनको कमाई १०६ करोड भारु थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्