‘भयो अब म पढ्दिन, उद्यम गर्दिन’

मनोज ज्ञवाली
२०७९ माघ १७, मंगलवार १३:२५

उसले विरक्तीदै भन्यो, भयो अब पढ्दै पढ्दैन
पढे पछि काम पाईन्छ, काम पायो फुर्सद हुदैन

बेफुर्सदीले कुरा काट्न पाउँदैनन्, कुरा नकाटे वाहवाही हुदैन
पढे पछि इज्जतको डर हुन्छ, चौराहामा गाली गर्न पाइँदैन

गाली नगरे ठूलो मान्छे भइन्न, गाली नगरे देशभक्त होईन्न
गाली नगरे ईमान्दार होईन्न

कुरा काट्न पढ्नै पर्दैन, भो अब म पढ्दै पढ्दैन
पढे पछि काम पाइन्छ, काम गरे फुर्सद हुदैन

भो अब पढ्दै पढ्दिन ।

मैले सम्झाऊने कोशीस गरे, ठिकै छ नपढ, उद्यम गर

उसको जवाफ प्रष्ट छ

भो उद्यम नगर्ने म
उद्यम गर्यो तनाब हुन्छ, रातदिन मेहनत हुन्छ
कमाई, घर, गाडी होला

कमाउनेलाई चोर भन्छन्, कमाउनेलाई दलाल भन्छन्
कमाउनेलाई ठग भन्छन

अहं म केहि गर्दिन
उनीहरुलाई गाली गर्छु, चौतारामा कुरा काट्छु

कुरा काट्ने राम्रो, गाली गर्ने अझै राम्रो
अनि आफै भन्नुस् त
म काम गरौं कि गाली ?

भो भो म उद्यम गर्दिन
गाली गर्छु, कुरा काट्छु

प्यारो र देशप्रेमी कहलिन्छु
वाहवाही गज्जब पाउछु

भो म उधम गर्दिन
उसले भन्छ,
गाली गर्छु, कुरा काट्छु
दोष लाउछु, चर्को बोल्छु
भो अब पढ्दै पढ्दिन
भो म उधम त झनै गर्दिन !!

म चुपचाप सुन्दैछु
खै के भो सम्झाउनै सक्दिन !!

(लेखक ज्ञवाली नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन्)

प्रतिक्रिया दिनुहोस्