Shikhar Insurance

नेपालको इज्जत जोगाउने जिम्मेवारी आइक्यानको काँधमा छ, काम राम्रो गर्नुस्–अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०७९ माघ १७, मंगलवार १९:५९
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमनत्री बिष्णु पौडेलले विश्वसामु नेपालको इज्जत जोगाउने जिम्मेवारी चार्टर्ड एकाउन्टेण्डहरुको काँधमा रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्सेन्ट्स संस्था (आइक्यान)को २६औं वार्षिक उत्सव कार्यक्रममा उनले सो बताएका हुन् ।

‘लेखा प्रणालीको क्षेत्रमा संसारको उत्कृष्ट लेखा प्रणाली भएको मुलुकहरुको दाँजोमा नेपालपनि लामवद्ध हुन सक्षम छ भन्न संदेश विश्व सामु दिने जिम्मेवारी पनि नेपाल चार्टर्ड एकाउन्सेन्ट्स संस्था कै हो,’ कार्यक्रममा अर्थमन्त्री पौडेलले भने, ‘त्यही अनुसार यो संस्थाले आफ्नो जिम्मेवारी वहन गर्नु पर्छ । यो संस्थामार्फत् नै नेपालको इज्जत दुनियाँभर विस्तापित हुनेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

सबै कुरा दुरुस्त गरेपनि हिसाब किताब दुरुस्त भएन भने दुनियाँका कसैले पनि राम्रो मान्दैन नमान्ने हुँदा चार्टर्ड एकाउण्टेडहरुले काम पनि राम्रो गर्ने र हिसाब किताब दुरुस्त राख्नु पर्ने उनले बताए । सोही अनुसार लेखा प्रणालीलाई पारदर्शी उत्तरदायी विधि सम्वत बनाउनको लागि नेपाल चार्टर्ड एकाउन्सेन्ट्स संस्थाको भुमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘राज्यका विभिन्न निकायहरुसँगै निजी क्षेत्र र सार्वजनिक संस्थानहरुसँग जोडिएर काम गर्ने नेपाल चार्टर्ड एकाउन्सेन्ट्स संस्थाको निर्णयले वा कलमले हाम्रो लेखा प्रणाली कस्तो छ वा लेखा प्रणालीको क्षेत्रमा कतिको दुरुस्त छौं भनेर परिक्षण हुन्छ । सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गर्नु होला ।’–उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्