Shikhar Insurance

भारत सरकारले ल्याएको बजेटका बिशेषताहरु

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १५:११
NIMB
Nabil Bank

काठमाडौं । भारतले सन २०२३।२४ को बजेट ल्याएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो दोश्रो कार्यकालको अन्तिम पूर्ण बजेट हो । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले यो अमृतकालको पहिलो बजेट भएको बताएकी छिन् । उनले देशको सबै क्षेत्र र वर्गका लागि बजेट लाभदायक भएको बताएकी छिन् ।

बजेटले पुँजीगत खर्चलाई ५० प्रतिशतले वृद्धि गरि आगामी आर्थिक वर्षका लागि १०.५ लाख विनियोजन गरिएको छ । सन २०१९ सालमा पुँजीगत बजेट ३.१ लाख करोड थियो भने अघिल्लो वर्ष ७.५ लाख करोड थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ कर प्रणाली
भारतमा अहिले बार्षिक पाँच लाखसम्म कमाउनेहरुलाई आयकरमा छुट दिईएको छ । अब त्यस्तो व्यवस्थालाई बढाएर सात लाख कायम गर्न प्रस्ताव गरिएको छ ।
सन २०२० मा व्यक्तिगत आयकरका दरलाई छ स्तरमा तोकिएको थियो अब त्यसलाई घटाएर पाँचस्तर बनाईएको छ ।
आयकरमा राहत
३ लाखसम्म आम्दानी गर्नेहरुलाई शुन्य कर
३–६ लाख कमाउनेहरुलाई ५ प्रतिशत
६–९ लाख कमाउनेहरुलाई १० प्रतिशत
९–१२ लाख कमाउनेहरुलाई १५ प्रतिशत
१२–१५ लाख कमाउनेहरुलाई २० प्रतिशत
१५ लाख भन्दा धेरै कमाउनेलाई ३० प्रतिशत
९ लाखसम्म कमाउने व्यक्तिलाई ४५ हजार
१५ लाखसम्मको आयमा १.५ लाख वा १० प्रतिशत

बजेटका खास बिषय
भारतीय रेल वे सेवाका लागि २.४० लाख करोड बजेट छ । जुन सन २०१२।१३ सालको भन्दा ९ गुण बढी हो । गरिबका लागि निःशुल्क खाद्यान्नको व्यवस्था एक वर्ष थपिएको छ । शहरी आधारभूत ढाँचाको विकासका लागि हरेक वर्ष १० हजार करोड रुपैयाँ दिने भनिएको छ । प्रधानमन्त्री आवास योजनाका लागि ६६ प्रतितले बजेट बढाएर ७९ हजार करोड पुर्याईएको छ ।

कृषि क्षेत्रमा कर्जा लगानीका लागि २० लाख करोड रुपैयाँ छुट्याईएको छ । राज्य सरकारहरुलाई १५ वर्षका लागि निर्ब्याजी ऋणको व्यवस्था गरिएको छ । प्रधानमन्त्री सुरक्षा अन्तर्गत ४४.६ करोड नागरिकको बीमा गरिनेछ । गोबद्र्धन योजनाका लागि १० हजार करोड बजेट राखिएको छ । क्षेत्रिय सञ्जाल बनाउनका लागि ५० नयाँ विमानस्थल निर्माण गर्ने भनिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्