Shikhar Insurance

बुढानिलकण्ठ जेसिजको अध्यक्ष बने मोहन लाल गुरो

सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १५:४८
NIMB
Nabil Bank

काठमाडौं । बुढानिलकण्ठ जेसिज अध्यक्षमा मोहन गुरो निर्वाचित भएका छन् । बुढानिलकण्ठ जेसिजले आफ्नो २१ औं अध्यक्षका रुपमा मोहन लाल गुरोलाई सर्वसम्मत चयन गरेको हो ।
जेसिजका निवर्तमान अध्यक्ष प्रदिप धमलाले पदभार ग्रहण तथा जिम्मेवारी हस्तान्तरण गरेका थिए । जेसिजको कार्यकाल एक बर्षको हुने गर्छ ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले जेसिजहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए । त्यस्तै, जेसिज बर्ष २०२३ का अध्यक्ष विकास मानन्धर र राष्ट्रिय भूमि आयोगका श्यामकृष्ण प्रजापतिले जेसिजहरुको भूमिकाबारे धारणा राखेका थिए ।
१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको सहभागीता रहने जेसिजले युवाहरुलाई नेतृत्व विकासमा सहयोग पुर्याउने अभियानहरु सञ्चालन गर्छ । युवाहरुलाई उद्यमशिल बन्न प्रेरित गर्ने, नेतृत्व विकासमा सघाउने, सामाजिक जनचेतना मूलक काम लगायतका कार्यहरु जेसिजले गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्