Shikhar Insurance

‘सेयर बजारका लगानीकर्तालाई पनि चाहियो एकल अंकको ब्याजदर’

भन्छन्ः ‘यी ४ बुँदा राष्ट्र बैंकले सम्बोधन गर्नै पर्छ’
सिंहदरबार संवाददाता
२०७९ माघ १९, बिहीबार १८:०८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले एकल अंकको ब्याजदर माग गरेका छन् । सेयर लगानीकर्ताहरुको संगठनले नेपाल राष्ट्र बैंकसँग ब्याजदर पुनावलोकन गर्दै एकल अंकको ब्याजदर कायम गर्न माग राखेका हुन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा निर्माणको क्रममा रहेको राष्ट्र बैंकलाई सेयर लगानीकर्ताहरुको ३ वटा संगठनहरु संयुक्त रुपमा सुझाव पठाउँदै ४ बुँदे माग राखेका छन् । नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको प्रतिनिधित्वमा पूँजीबजारको पुनरुत्थानको लागि आवश्यक मागहरु राष्ट्र बैंकसँग राखिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जसमा सेयरधितोको १२ करोड रुपैयाँको सीमा हटाउन, सेयर कर्जाको जोखिम भारित औसत घटाउन, ब्याजदर एकल अंकमा कायम गर्न र तरलताको समस्या समाधान गर्न माग राखिएको छ ।

सेयर बजार ३२ सयभन्दा माथिको परिसुचकलाई पार गरेर हाल उक्त नेप्से इन्डेक्स २०९० को हाराहारीमा स्खलित भईसकेको भन्दै खस्कदो अवस्थामा रहेको पूँजीबजारलाई पुनरुत्थानगरिदिन राष्ट्र बैंकसँग लगानीकर्ताले अनुरोध गरेको हुन् ।

बजारको पूँजीकरण करिब ४५ खर्ब भन्दा बढी पुगिसकेको अवस्थामा हाल आएर ३० खर्बको तल्लो अङ्गमा झर्दा करिब १५ खर्बको नोक्सानीले लगानीकर्ताको मनोबल गएको उनीहरुको भनाई छ ।

राष्ट्र बैंकबाट वर्तमान समयमा पूँजीबजारलाई तत्काल उल्लेखित बुँदाहरूलाई सम्बोधन गरी खस्कदो अवस्थामा रहेको यस पूँजीबजारलाई पुनरुत्थान उनीहरुले माग राखेका हुन् ।

१.१२ करोड (बाह्र करोड) सम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

२.आ.व. २०७९/८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

३.विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

४.तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्