Shikhar Insurance

उद्योगीको माग पुरा गर्न बैंकर्स तयार, सडक आन्दोलन गरेर ब्याजदर नघट्ने निश्कर्ष

सिंहदरबार संवाददाता
२०७९ माघ १९, बिहीबार १८:३०
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ क्षेत्रसँग सम्बन्धित उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न बैंकरहरु तयार भएका छन् । नेपाल उद्योग परिसंघले बोलाएको भेटघाट कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केहस्ले सो बताएका हुन् ।

बिहिबार नेपाल उद्योग परिसंघले नेपालले बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको थियो । बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले संघको नयाँ कार्यसमितिले कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे । ‘मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था सिर्जना भयो, यस्तो अवस्थामा बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकिरण गरी सहयोग गर्नुपर्यो ।’

उनले उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरेका थिए । चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाईमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल संचालन गर्नुपर्ने उनको भनाइ छ ।

छलफलमा संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडी बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराएका थिए । उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो खराब (नन् परफमिङ्ग लोन) रहेको उनको भनाइ छ । ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत उनले आग्रह गरेका थिए ।

संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरु, नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहाकार अशोक शम्सेर राणालगायतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्