Shikhar Insurance

नियामकको फन्दामा पर्दै कुमारी र दिव्या सेक्यूरिटिज, नेप्सेको निरिक्षणले औंल्यायो दर्जन त्रुटि

अध्यक्ष र सीइओ एउटै व्यक्ति
सिंहदरबार संवाददाता
२०७९ माघ २०, शुक्रबार १२:३८
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र दलाल व्यवसायी अर्थात् स्टक ब्रोकर कम्पनीहरू कुमारी सेक्यूरिटिज र दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउसले नियामकले दिएको नीति निर्देशन उल्लघंन गरी व्यवसाय गरेको तथ्य बाहिर आएको छ । सेयर बजारमा लगानीकर्ताको आदेशबमोजिम सेयर खरिद बिक्री गरिदिने स्टक ब्रोकर कम्पनीहरुले नियामक निकायलाई अटेरी गर्दै व्यवसाय गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निरिक्षणले देखाएको हो ।

हाल ५० वटा ब्रोकर कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर नेप्सेमार्फत् संचालनमा रहेका छन् । पहिलो पटक यी कम्पनीहरुको नेप्सेले स्थलगत निरिक्षण शुरु गरेको छ । हालसम्म गरिएको आधा दर्जन ब्रोकर कम्पनहिरुको स्थलगत निरिक्षण गरिएको नेप्से स्रोतले जानकारी दिएको छ । जसमध्ये कुमारी र दिव्या सेक्युरिटिजमा बढी समस्या देखिएको स्रोतले बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘बोर्डको  समन्वयमा नेप्सेले ब्रोकर निरिक्षण शुरु गरेको हो,’ नेप्से स्रोतले सिंहदरबारसँग भन्यो, ‘चालु आवमा आधा दर्जन कम्पनीमा स्थलगत निरिक्षण भइरहेको छ, जसमध्ये रिपोर्ट आएको मध्ये कुमरी र दिव्यामा अलि बढी समस्या देखियो ।’ अधिकांश ब्रोकरमा यी कम्पनीहरूमा देखिएकै समस्या रहेको स्रोतको भनाई छ ।

चालु आवभित्रै नेप्सेले सबै ब्रोकर कम्पनीहरुको स्थलगत निरिक्षण गर्ने लक्ष्य राखेको छ । ब्रोकर निरिक्षणको रिपोर्ट धितोपत्र बोर्डमा समेत पेश गरी नेप्से र बोर्ड आ–आफ्नो जिम्मेवारी अनुसार नियमनमा नरहने ब्रोकरलाई कारवाही गर्ने स्रोतको भनाइ छ ।

नेप्सेले गरेको स्थलगत ब्रोकर निरिक्षणमा यी कम्पनीहरुले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (८) उप–विनियम (१) मा कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्यवन हुँदा सो रकमको २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट लिनु पर्ने छ भन्ने व्यवस्था पूर्णरुपमा परिपालना नगरेको पाइएको छ । साथै, ग्राहक पहिचान विद्युतीय रुपमा अपलोड गर्नु पर्ने व्यवस्था भएपनि, ग्राहक पहिचान फारमलाई भौतिक रुपमामात्रै राखिएको स्थलगत निरिक्षण रिपोर्टले देखाएको छ ।

‘कार्यालयको संगठन संरचना नभएको साथै, कर्मचारीको कार्य विवरण नगरेको र कर्मचारीलाई निश्चित भुमिका तोकेर जिम्मेवारी दिएको पाइएन,’–स्रोतले भन्यो, ‘धितोपत्र कारोबार सञ्चालन विनियमावलीको तेस्रो संसोधन, २०७९ को विनियम २१. (६) मा भएको व्यवस्था बमोजिम प्राविधिक आइटि सम्बन्धी कर्मचारी नियुक्त गरेका छैनन् ।

यी कम्पनीहरुले कार्यकारी अध्यक्ष र कार्यकारी प्रमुख एउटै व्यक्ति रहेको, बार्षिक नीति तथा कार्यक्रम र बजेट नबनाएको स्थलगत निरिक्षणको क्रममा भेटिएको थियो ।

साथै, यी कम्पनीहरुले हाल उपयोग गरिरहेको ब्रोकर ब्याकअफ सिस्टमको रिपोटिङ्ग सिस्टम कमजोर रहेको र अनलाइन कारोबार प्रणालीको उपयोग पश्चात पनि अन्य कार्य पद्धति पुरानै ढाँचामा अवलम्बन गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्