Shikhar Insurance

मिथिला लघुवित्तले बोलायो फागुन १७ गते साधारण सभा, बुक क्लोज कहिले?

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार ११:०८
NIMB
Nabil Bank

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १७ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको माघ २१ गते बसेको सञ्चालक समितिको २३३औं बैठकले सभा बस्ने मिति तय गरेको हो ।

सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल लालगढ , धनुषामा विहान ११ बजे सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गुर्नका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले हाल कायम रहेको अधिकृत पूँजी २० करोमा १० करोड थप गरी ३० करोड पुर्याउने प्रस्तावलाई समेत सभाले पारित गर्नेछ । सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

हाल कम्पनीमा ६० प्रतिशत संस्थापक तर्फ र ४० प्रतिशत सर्वसाधारणतर्फ सेयर स्वामित्व रहेको छ । सो संरचना परिवर्तन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साथै, उल्लेखित प्रस्तावसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक सदिन बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्