Shikhar Insurance

आइतबार सुनको मूल्य तोलामा २ हजार घट्यो, चाँदी कति?

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार ११:३२
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुन प्रतितोला २ हजार रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, तेजावी सुन पनि प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तेजावी सुन प्रतिताला १ लाख ५ हजार ६ सय रुपैयाँमा खरिबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार चाँदी १ हजार ३६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

अन्तरर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस१८६५.९४ डलरमा कारोबार भइरहेको छ। भने, चाँदी प्रतिऔंस २२.३५डलर छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्