Shikhar Insurance

महिला लघुवित्तले बोलायो फागुन २१ गते साधारण सभा, ५०% लाभांश पारित गर्दै

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २१ गते ५औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको माघ २० गते बसेको सञ्चालक समितिको ५२औं बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो ।

सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा विहान ११ वजे सुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल ५० प्रतिशत लाभांशलाई पनि अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १४ करोड ७५ लाख रुपैयाँको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले फागुन ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन ४ गतेसम्म नेप्सेका कारोबार भइ कायम सेयरधनीहरू मात्र सभामा भाग लिन प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्